Skip to content
Shikhar Insurance
National Life

बागमतीका १० अस्पतालको स्तरोन्नति गरिने

Hyundai
NCELL
NIMB

मनहरी । बागमती प्रदेश सरकारले प्रदेशभित्रका १० अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलका अनुसार मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले हेटौँडा र भक्तपुर अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको छ ।

धादिङ अस्पताल धादिङबेसी, त्रिशूली अस्पताल नुवाकोट, सिन्धुली अस्पताल सिन्धुली र बकुलहर अस्पताल चितवनलाई एक सय शय्यामा स्तरोन्नति गरिने उनले बताए। उनका अनुसार स्वास्थ्य मन्त्रालयको प्राविधिकसहित एक हजार ६ सय ६९ जना कर्मचारीको सङ्गठन संरचना स्वीकृत गरिएको छ।

मुख्यमन्त्री जम्कट्टेल बैठकबाट सिन्धुपाल्चोक र रामेछाप अस्पतालका साथै दोलखाको पशुपति चौलागाईं र काभ्रेको मेथिनकोट अस्पताललाई पचास/पचास शय्यामा स्तरोन्नति गर्ने निर्णय भएको बताए। उनले प्रदेश स्वास्थ्य मन्त्रालयको एक हजार ६ सय ६९ (प्राविधिकसहित) कर्मचारीको सङ्गठन संरचना स्वीकृत गर्दै हाल सञ्चालनमा रहेका १० प्रदेश अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको जानकारी दिए।

बैठकले मकवानपुर बहुमुखी क्याम्पस हेटौँडालाई बागमती प्रदेश सार्वजनिक विश्वविद्यालय बनाउने निर्णय समेत गरेको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्