Skip to content
Shikhar Insurance
National Life

बाँदर नियन्त्रण गर्न भन्दै ‘पोखरामा मेरो रूख म काट्छु’ अभियान

Hyundai
NCELL
NIMB

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले बाँदरबाट बाली जोगाउने भन्दै रुख काट्ने अभियान थालेका छन् । प्रदेश सरकारले आव ०८०/८१ निति तथा कार्यक्रममा पोखरा महानगरपालिकालाई बाँदर नियन्त्रणमा रुख काट्ने निति पास गरेको वडाले जारी गरेको सूचनामा उल्लेख छ ।

सूचनामा भनिएको छ, ‘आजको मितिले १० दिनभित्र मेरो रुख म काट्छु भन्ने अभियान संचालन गरी आफ्नो घर वरपर रहेका सम्पूर्ण रुखहरू कटान गरी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पुर्‍याउनको साथै आफ्नो घर क्षेत्रमा बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्‍याउनको लागि वडा कार्यालयको तर्फबाट सम्पूर्ण वडाबासीको लागि यो सूचना प्रकाशित गरिन्छ’ ।

GBIME

प्रतिक्रिया दिनुहोस्