Skip to content
Shikhar Insurance
National Life

बलेफी हाइड्रोपावरको आईपीओ बिक्री खुल्यो, यसरी दिनोस् आवेदन

Hyundai
NCELL
NIMB

काठमाडौं । बफेली बलेफी हाईड्रोपावर कम्पनीले माघ २७ बिहीबारदेखि साधारण सेयर (आइपीओ) बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो।

निष्काशन गर्न लागिएको प्रतिकित्ता १०० रुपैयाँ मूल्य अंकित कुल १८ लाख २७ हजार ९७० आइपीओमध्ये आयोजना प्रभावितका लागि ६० प्रतिशत कम्पनीले छुट्याएको छ । स्थानीयलाई छुट्याइएको ६० प्रतिशत अर्थात् १० लाख ९६ हजार ७८२ कित्तामा आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको जुगर गाउँपालिका वडा नं. २, ३, ४ का बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता जुगल गाउँपालिका वडा नं. ५ र ७, बलेफी गाउँपालिकाको वडा नं. १, ३, ६ तथा ७ र सुनकोशी गाउँपालिकाको वडा नं. ७ का बासिन्दाहरुका लागि निष्काशन गरेको हो।

निष्काशन बन्द छिटोमा फागुन १२ गते हुनेछ भने ढिलोमा फागुन २७ गते हुनेछ। आईपीओमा कुमारी बैंकको जलविरे शाखा, एनसिसि बैंकको बाँडे शाखा, ग्लोबल आइएमए बैंकको चौतारा शाखा, लक्ष्मी बैंकको चौतारा र खाडीचौर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्या बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

GBIME

प्रतिक्रिया दिनुहोस्