Skip to content
Shikhar Insurance
National Life

बनेपाको शिल हटाइयो: जिल्लामा सङ्क्रमित घट्दै

Hyundai
NCELL
NIMB

काभ्रे । बनेपा नगर क्षेत्रमा लगातार दुई हप्ता गरिएको शिल आजदेखि हटाइएको छ । नगरक्षेत्रमा सङ्क्रमित सङ्ख्या घटिरहे पनि जोखिम कायमै रहेको जनाउँदै निषेधाज्ञा भने आउँदो २६ गतेसम्म जारी नै राखिएको छ । शिल अवधिभर बनेपाले मर्निङवाकसमेत गर्न दिएको थिएन ।

नगरद्वारा सोमबार जारी सूचनामा स्वास्थ्यका मापदण्ड अपाई अत्यावश्यक सेवामात्रै सञ्चालन गर्न पाइने तथा बिहान छदेखि १० बजेसम्म खाद्यान्न, ग्यास, तरकारी, फलफूल, खानेपानी तथा पशुको दाना बिक्री गर्ने पसल खोल्न पाइने भएको जनाइएको छ ।

बैंक–वित्तीय संस्था, विद्युत्, सञ्चार कार्यालय, फोहर व्यवस्थापनका कार्यालय खोल्न पाइए पनि निजी तथा सार्वजनिक सवारी, भीडभाड हुने जिमखाना, सिनेमा हल, विद्यालय, पार्टीप्यालेस, रेष्टुरेन्ट सञ्चालन गर्न पाइने छैन् ।

केही दिनदेखि सङ्क्रमणदर घटिरहेको बनेपा नगरका हाल २११ पुरुषसहित ३९४ सक्रिय सङ्क्रमित छन् । हालसम्म यहाका २२ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । बनेपा जिल्लाको प्रमुख शहर हो ।

अन्य चार स्थानीय तहमा भने शिल कायमै छ । पनौती नगर, भुम्लु गाउँपालिका र बेथानचोक गाउँपालिकाको शिल–अवधि पनि सोमबार सकिएको छ । नमोबुद्ध नगर र रोशी गोउँपालिका शिलको समयसीमा बुधबारसम्म छ ।

जेठ ७ गते पाँच दिन नगर क्षेत्र शिल गरेको धुलिखेलले एकैपटक पुनः १० दिन शिलको अवधि थपेको छ । पाँचखालले भने ८ गतेदेखि एकैपटक १५ दिन नगर शिल गरेको थियो। रासस

GBIME

प्रतिक्रिया दिनुहोस्