Skip to content
Shikhar Insurance
National Life

बदाम बेचेर नमुना उद्यमी बनेकी ७२ वर्षीया शिवमाया, मासिक २० हजारसम्म आम्दानी

Hyundai
NCELL
NIMB

७२ वर्षको उमेरमा गाउँघरका हटियामा पुगेकी भोजपुरकी शिवमाया कार्कीको दैनिकीजस्तो बनेको छ । घरमा आराम गरेर बस्नुपर्ने उमेरमा उनी हाटबजारमा बदाम बेच्न पुगेको हुन्छीन् । बदामको व्यापार गरेर महिनामा १५ देखि २० हजारसम्म आम्दानी गर्दै आएको उनले बताइन् ।

पैतालीस वर्षअघिदेखि बदामको व्यापार गर्दै आएकी उनी अहिले पनि बदाम उत्पादन हुने ठाउँमा उत्तिकै उत्साहका साथ व्यापार गर्न जान्छिन् । आफूले सकेको काम गर्नुपर्छ वृद्धा कार्कीले भनिन् धेरै वर्षअघिदेखि गरिरहेको काम भएकाले अहिले पनि त्यसलाई निरन्तरता दिँदा रमाइलो लाग्छ । गाउँगाउँमा पुगेर बदाम खरिद गरी ल्याएर यहाँका हाटमा बेच्छु । बदाम बिक्रीबाट महिनामा १५ देअि २० हजारसम्म आम्दानी हुन्छ ।

जिल्लाको बदाम उत्पादन हुने अरुण गाउँपालिकाको जरायोटार, सिमटार, पाल्पालेलगायत ठाउँमा पुगेर खरिद गर्ने उनले बताइन् । किसानले उत्पादन गरेको बदाम प्रतिपाथी ३ सयमा खरिद गर्दै आएको उनले बताइन् । आफूले खरिदपश्चात भुटेर प्रतिकेजी ३ सय ५० मा बिक्री गर्ने उनले जानकारी दिइन् । बदाम बिक्रीबाट आफ्नो दैनिक खर्च जुटाउदै आएकी छु, दुई–चार पैसा नातिनातिनालाई दिन पनि हुन्छ उनले भनिन् ।

किसानबाट १ वर्षमा ४ लाख रुपैयाँ सम्मको बदाम खरिद गर्ने उनले बताइन् । भोजपुरको शनिबारे हटिया, पौवादुङमा गाउँपालिका च्याङ्ग्रेको बुधबारे हटिया, चम्पे हटियालगायत स्थानमा पुगेर उनले बदाम बेच्दै आएकी हुन् । वृद्धावस्थामा व्यापार गर्न समस्या हुने भए पनि यसलाई छोड्न मन नलाग्ने भन्दै उनले हातखुट्टा चलुञ्जेलसम्म काम गरेर नै खाने दृढता व्यक्त गरिन् ।

विगतमा धेरै स्थानीयस्तर उत्पादन भएको बदाम पाउने गरेको भए पनि पछिल्लो समयमा यसको खेती घट्दै गएको उनको अनुभव रहेको छ । विगतमा भोजपुरमा प्रशस्त मात्रामा बदाम उत्पादन हुन्थ्यो उनले भनिन् अहिले गाउँघरमा कमैले मात्र खेती गरेको पाइन्छ । स्थानीय सरकारले बदाम खेती प्रवद्र्धन गर्नुपर्छ ।

गाउँका अधिकांशले बदाम खेती छाड्दै गएका भए पनि आफूले वार्षिक ४० देखि ४५ मुरीसम्म बदाम उत्पादन गर्दै आएको अरुण गाउँपालिका–६ का ६८ वर्षीय किसान अम्बरबहादुर राईले बताए । पछिल्लो समय बदामको स्थानीय रैथाने बीउ मासिदै गएको उनले जानकारी दिए । बदामखेती व्यावसायिक बन्न सकेको छैन उउनले भने व्यावसायिक बन्न नसक्दा पछिल्लो समय खेती घट्दै गएको छ । म एक वर्षमा ४५ मुरीसम्म बदाम फलाउँछु । सडक विस्तारका कारण विगतजस्तो बजारीकरणको समस्या छैन तर धेरै किसानले यसको खेती छाड्दै गएकाले उत्पादन घटेको छ । बगर क्षेत्रमा बदाम खेती उपयुक्त भएको उल्लेख गर्दै किसान राईले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्