Skip to content
Shikhar Insurance
National Life

बढ्न थाल्यो घरजग्गा कारोबार, राजश्व संकलनमा ३५ प्रतिशतले सुधार

Hyundai
NCELL
NIMB

काठमाडौं । विगत लामो समय देखि सुन्त रहेको घरजग्गा कारोबारमा झिनो सुधार देखा परेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको मंसिर महिना सम्ममा ४ हजार ६ सय ९४ वटा नामसारी भएको तथ्यांकले देखाएको छ ।

सो कारोबार बाट ३ अर्ब ८७ करोड ४८ लाख २६ हजार रुपैयाँ राजश्व संकलन भएको छ । यो गत आवको सोहि अवधिको तुलनामा राजश्व  ३५.२४ प्रतिशतले बढी हो । गत वर्षको मंसिरमा यस्तो राजश्व २ अर्ब ८६ करोड ५०० लाख ११ हजार रुपैयाँ रहेको थियो ।

मंसिरमा सेवा कर मार्फत २६ करोड ६ लाख २५ हजार रुपैयाँ, रजिष्ट्रेशन दस्तुर बापत २ अर्ब ६३ करोड ७८ लाख १२ हजार रुपैयाँ र पुँजीगत लाभ कर बापत १ अर्ब ३१ करोड ६३ लाख ४३ हजार रुपैयाँ राजश्व संकलन भएको हो ।

यी हुन् मंसिरमा सबैभन्दा धेरै राजस्व संकलन गर्ने मालपोत कार्यालयहरु 

मंसिर महिनामा मालपोत कार्यालय चितवनले सबैभन्दा धेरै राजस्व संकलन गरेको छ । सो कार्यालयले ५ महिनामा ३५ करोड ९८ लाख ३१ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । धेरै राजस्व उठाउने दोस्रो नम्बरमा मालपोत कार्यालय लगनखेल, ललितपुर रहेको छ । लगनखेलले ५ महिनामा ३३ करोड ९५ लाख २ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

त्यस्तै, कलंकी काठमाडौंबाट २६ करोड ५७ लाख २५ हजार, चावहिलबाट २२ करोड ५८ लाख २३ हजार, भक्तपुरबाट २२ करोड २७ लाख ९० हजार, डिल्लीबजारबाट १९ करोड ९६ लाख ७५ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

त्यसैगरी, मालपोत कार्यालय कास्कीबाट १३ करोड ५९ लाख २४ हजार, विराटनगर मोरङबाट १० करोड ४९ लाख १० हजार, काभ्रेपलाञ्चोकबाट ९ करोड ८७ लाख ६० हजार, इनरुवाबाट ९ करोड ७६ लाख, धनगढी कैलालीबाट ८ करोड ५९ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

कुन मालपोत कार्यालयबाट कति भयो कारोबार

चालु आवको ५ महिनामा देशभरका मालपोत कार्यालयहरुबाट ४३ हजार ३ सय ७९ वटा घरजग्गा कारोबार (लिखत) पारित भएका छन् । यो गत आवको सोही अवधिको तुलनामा १ हजार ५ सय २८ वटा अर्थात् ३.६५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा देशभर ४१ हजार ८ सय ५१ वटा घरजग्गा लिखत पास भएका थिए ।

धेरै घरजग्गा कारोबार गर्ने मालपोत कार्यालय इनरुवा, सुनसरी रहेको छ । इनरुवाले मंसिरमा १ हजार ५ सय ५३ वटा जग्गा लिखत पास गरेको हो । त्यस्तै, दोस्रो नम्बरमा मालपोत कार्यालय बेलवारी, मोरङ रहेको छ । कार्यालयले १ हजार ४ सय ४२ वटा जग्गा लिखत पास गरेको छ ।

त्यसैगरी, भद्रपुर, झापाले १ हजार ३९८, धनगढी, कैलालीले १ हजार २२८ , जनकपुधाम, धनुषाले १ हजार १३७ र राजविराज, सप्तरीले ९ सय ४१ वटा घरजग्गा लिखत पारित गरेको छ ।

त्यस्तै, मलंगवा सर्लाहीमा ९ सय ३९, भक्तपुरमा ८ सय ८८, नेपालगञ्ज बाँकेमा ८ सय ८८, कोहलपुरमा ८सय ८२, दाङ तुलसीपुरमा ८ सय ८०, कपिलबस्तुमा ८ सय ४८, लगनखेल ललितपुरमा ८३९, विराटनगर मोरङमा ८ सय २३ र सिराहमा ८ सय १९ वटा घरजग्गा खरिदबिक्री भएका छन् ।

विभागका अनुसार रुपन्देहीमा ७ सय ८६, काभ्रेपलाञ्चोकमा ७ सय ६२, दमक झापामा ७ सय ६१, घोराही दाङमा ७ सय ५५, चितवनमा ७ सय ४७, पर्सामा ७ सय ६, नवलपरासीमा ६ सय ८१, कलैया बारामा ६ सय ३१, लाहान सिराहामा ६ सय १०, टिकापुर कैलालीमा ६ सय १ वटा घरजग्गा खरिदबिक्री भएका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्