Skip to content
Shikhar Insurance
National Life

बजेट महाशाखाका उपसचिवहरुको जिम्मेवारी हेरफेर, महाशाखा प्रमुख श्रीकृष्ण नेपालले रोजे ‘एस म्यान’ उपसचिवहरु

Hyundai
NCELL
NIMB

काठमाडौं । बजेट महाशाखामा कार्यरत उपसचिवहरुको जिम्मेवारी हेरफेर भएको छ । अर्थ मन्त्रालयले बुधबार उपसचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

बजेट महाशाखामा श्रीकृष्ण नेपाल आएपछि उनले आफू अनुकुल उपसचिवहरु ल्याएका हुन् । उपसचिव केशव कुमार उप्रेतीलाई अर्थ, परराष्ट्र, रक्षा, गृह, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, महालेखा परीक्षक, अर्थ विविध आर्थिक सहायता / क्षतिपूर्ति प्रतिनिधिमण्डल, अर्धवार्षिक समिक्षा, सूचना प्रविधि तथा प्रणाली सुधार, कार्य संचालन निर्देशिका परिमार्जनको जिम्मेवारी दिएको छ ।

गौरीशंकर उपाध्यायलाई भौतिक पूर्वाधार तथा यातायात, प्रदेश प्रमुख आदिवासी जनजाति आयोग, मधेसी आयोग, सर्वोच्च अदालत, न्यायपरिषद्, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बहुवर्षीय / स्रोत सुनिश्चितता अद्यावधिकको जिम्मेवारी दिएको छ ।

तुल्सीप्रसाद चौलागाईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, महान्यायाधिवक्ता, उद्योग, वाणिज्य तथा आपूर्ति, शिक्षा, विज्ञान तथा प्रविधि, थारु आयोग, मुस्लिम आयोगको जिम्मेवारी तोकेको छ । सम्झना बराललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डययन, वन तथा वातावरण, युवा तथा खेलकुद, संघीय संसद, लोक सेवा आयोग, सञ्चार तथा सूचना प्रविधि राष्ट्रिय सूचना आयोग, लैंगिक उत्तरदायी वजेट, प्रतिवेदनहरुको ढाँचा तयारीको जिम्मेवारी दिएको छ ।
यस्तै, तीर्थराज बराललाई सहरी विकास, महिला बालबालिका तथा जेष्ठनागरिक, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, राष्ट्रिय महिला आयोग, निर्वाचन आयोगको जिम्मेवारी तोकेको छ ।

यसैगरी ऋषिराम अधिकारी, राष्ट्रपति, उपराष्ट्रपति, उर्जा जलस्रोत तथा सिंचाई, कृषि तथा पशुपन्छी विकास, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, COFOG परिमार्जन, वार्षिक प्रतिवेदन तयारीको जिम्मेवारी दिएको छ ।

किशोर ढकाललाई खानेपानी मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, कानून, न्याय तथा संसदीय मामिला, राष्ट्रिय योजना आयोग, दिगो विकास लक्ष्य, बजेट तर्जुमा दिग्दर्शन परिमार्जनको जिम्मेवारी तोकेको छ ।
नयाँ सडक कर कार्यालयमा रहेका शशी भट्टराईलाई संघीय मामिला तथा सामान्य प्रशासन, स्वास्थ्य तथा जनसंख्या, राष्ट्रिय मानव अधिकार आयोग, अभिलेख व्यवस्थापन / GIOMS, रकमान्तर कार्यविधिको जिम्मेवारी तोकेको छ ।

स्रोतका अनुसार महाशाखा प्रमुख नेपालले नेपाली काँग्रेस निकट कर्मचारीहरुलाई अर्को महाशाखामा पठाउँदै एमाले निकट र काम गर्न सजिलो हुने कर्मचारीलाई आफ्नो महाशाखामा ल्याएका हुन् । स्रोतले सिंहदरबारसँग भन्यो, ‘महाशाखामा गर्नुपर्ने सुधारका कामहरु धेरै नै रहेका छन्, तर सुधारको पक्षमा उभिने कर्मचारीहरुलाई महाशाखा परिवर्तन गरेर एमाले भित्रका एसम्यान उपसचिवहरु ल्याएका छन् ।’

 

GBIME

प्रतिक्रिया दिनुहोस्