Skip to content
Shikhar Insurance
National Life

बजेट विनियोजन नहुँदा सामुदायिक भवन अधुरै

Hyundai
NCELL
NIMB
काभ्रेपलाञ्चोक । बजेट अभावका कारण काभ्रेपलाञ्चोकमा सामुदायिक भवन अधुरै छन् । बागमती प्रदेश सरकारले गत आर्थिक वर्ष २०७९/८० मा सञ्चालन गरेका क्रमागत योजनाका लागि चालु आवमा बजेट विनियोजन नहुँदा निर्माण कार्य प्रभावित बनेको हो ।
Citizen Life
Kumar Bank
Prabhu Insurance
प्रदेशस्थित भौतिक पूर्वाधार मन्त्रालयले सहरी विकास तथा भवन कार्यालयमार्फत गत आवमा काभ्रेपलाञ्चोकमा सञ्चालन भएका र पूरा नभएका भवन निर्माण योजनामा यस वर्षको नीति तथा कार्यक्रममा बजेट विनियोजन नगर्दा अधुरै रहेका हुन् । ६ वटा सामुदायिक भवनको काम पूरा गर्नका लागि चालु आवमा बजेट विनियोजन नहुँदा अधुरै रहेको सहरी विकास तथा भवन कार्यालयका प्रमुख इन्जिनियर सन्तोषकुमार निरौलाले बताए। उनका अनुसार ती योजनाका लागि बजेट माग गरे पनि मन्त्रालयबाट रकम विनियोजन भएको छैन ।
मन्त्रालयबाट निर्माणाधीन भवनका लागि रकम विनियोजन नहुँदा बेथानचोक गाउँपालिका–३ मा कुनेखर्क सामुदायिक भवन, महाभारत–३ फोक्सिङटारस्थित सानोपोखरा महिला भवन निर्माणको काम अधुरै छ । यस्तै चौरीदेउराली गाउँपालिका–८ को पोटागैरा माझीबस्ती सामुदायिक भवन, चौरीदेउराली–५ को सहिद स्मृति भवन, मण्डनदेउपुर नगरपालिका–६ को कोदारी सामुदायिक भवन तथा पाँचखाल नपा–३ को महिला सामुदायिक भवन अधुरै छ ।
निर्माणाधीन सामुदायिक भवनमध्ये केहीमा गारो लगाउने, फिनिसिङ गर्ने, कुनैमा ढलान गर्ने तथा फिनिसिङको काम बाँकी रहेको कार्यालयले जनाएको छ । उपभोक्ता समितिमार्फत थालिएको बेथानचोकको कुनेखर्क सामुदायिक भवनको पिल्लर ठड्याएर ढलान गरे पनि गारो लगाउने तथा फिनिसिङ गर्ने काम अधुरै छ । यस्तै महाभारतमा निर्माणाधीन महिला भवनको डिपिसी तथा पिल्लर उठाउने काम सम्पन्न भए पनि गारो लगाउने, ढलान गर्ने तथा फिनिसिङको काम बाँकी छ । यस्तै पूर्वाधार विकास मन्त्रालयअन्तर्गत नै नमोबुद्ध नगरको दाप्चामा निर्माणाधीन पौडेल पाटी निर्माणका लागि दुई वर्षदेखि बजेट विनियोजन नहुँदा अधुरै छ ।
GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE