Skip to content
Shikhar Insurance
National Life

बजेटले आर्थिक क्षेत्रमा फड्को मार्न सक्दैनः  डा. स्वर्णिम वाग्ले

Hyundai
NCELL
NIMB
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले नेपाल सरकारले प्रस्तुत गरेको बजेटले आर्थिक क्षेत्रमा फड्को मार्न नसक्ने बताएका छन् । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा आगामी आर्थिक वर्षको आय र व्ययको अनुमान (बजेट) माथिको जारी छलफलमा भाग लिँदै उहाँले ‘फण्डामेन्टल कोर्स करेक्सन’ का लागि अर्थमन्त्रीले अवसर गुमाएको टिप्पणी गरे।
“अर्थतन्त्रमा झारफुक होइन, शल्यक्रिया नै गर्नुपर्ने अवस्था छ तर बजेट त्यसतर्फ उन्मुख हुन सकेन”, उनले भने, “राजस्वका लक्ष्य हासिल गर्न चालु आर्थिक वर्षमा नै चुनौती देखिएको छ । यस स्थितिमा आगामी आवको राजस्वको लक्ष्य अविश्वसनीय देखिन्छ । जटिलता र अप्ठ्याराहरू छन् । त्यसलाई सम्बोधन गर्न सकिएन ।”
बैठकमा सांसद मञ्जु शर्मा अन्सारीले बजेट जनताका लागि सहायक नभएको टिप्पणी गरे। सांसद शङ्कर भण्डारीले राजनीतिक स्थिरता नहुँदा आर्थिक सम्मुनति हुन नसकेको बताए । सांसद भीमप्रसाद आचार्यले बजेटले मुलुकका जल्दाबल्दा समस्यालाई सम्बोधन गर्न नसकेको टिप्णी गरे भने सांसद प्रेम सुवालले मजदुर र श्रमिक वर्गका लागि समाजवादी व्यवस्था नआएसम्म वर्तमान शासन प्रणालीले जनमुखी कार्यक्रम दिन नसक्ने जनाए।
सांसद् धवलशमशेर जबराले नेपाली किसानलाई अनुदान बढाएर भारतीय किसानका उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्ने बताए। सांसद राजेन्द्रकुमार राईले कुनै जिल्लामा अत्यधिक र कुनै जिल्लामा न्यून बजेट विनियोजनले सन्तुलित विकास नहुने भन्दै बजेट पुनःलेखन गर्न माग गरे।
GBIME

प्रतिक्रिया दिनुहोस्