Skip to content
Shikhar Insurance
National Life

बजारमा एलजीको प्युरिकेयर ३६० एअर प्युरिफायरको माग बढ्दै

Hyundai
NCELL
NIMB

काठमाडौं । वायु प्रदुषण बढेसँगै बजारमा एलजी ब्रान्डको एअर प्युरिफायरको माग बढेको छ । ३६० डिग्री प्युरिफिकेसनले चौतर्फी दिशाबाट हावालाई सक्सन गरी रुम एरियाको सबैतिर प्युरिफिकेसन गर्ने एलजीको एअर प्युरिफायरको माग बढेको हो ।

सो एयर प्युरिफायरले हावामा हानिकारक पदार्थहरु कम गर्दछ र शुद्धीकरणहरुले हावामा तैरिरहेको पिएम १.० सम्मका साना कणहरु, भाइरस र किटाणुहरुलाई हटाउने कम्पनीले जनाएको छ । एरो इस्पेस ग्रेड फ्यान टेक्नोलोजी (नासा) द्वारा निर्मित बोईङ ७४७ मा प्रयोग भएको अत्याधुनिक ‘एरो इस्पेस ग्रेड फ्यान टेक्नोलोजी’को मद्दतले हावाको एअर फ्लो उच्चतम गराई एअर रेसिसटेन्स् र फ्रिक्सन घटाने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले भने, ‘मल्टि फिल्ट्रेसन सिस्टम(एचईपीए १३) ६ वटा पत्र भएको विभिन्न स्वास्थ्य मापदण्डबाट प्रमाणित सो फिल्टरले घरभित्र भएको ब्याक्टेरिया, भाईरस, धुलो लगायत प्रदुषणलाई ९९.९ प्रतिशत हटाउँदछ । त्यस्तै पीएम १.० सेन्सर को साथै आयोनाइजरले अति सूक्ष्म कणलाई पनि पत्ता लगाई हटाउँछ, साथै न्यानो आयोनले फिल्टर गर्न असमर्थ एअरबर्न पार्टीकल्सलाई पनि निस्क्रिय पार्दछ ।’

एलजी थिङक्युको माध्यमबाट प्युरिफायरलाई वाइफाइ प्रयोग गरी स्मार्टफोनको माध्यमबाट जताबाट पनि चलाउन सकिने कम्पनील जनाए । एलजीको सो एयर प्युरिफायरमा १० वर्षको वारेण्टी पनि रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्