Skip to content
Shikhar Insurance
National Life

बजारका शीर्ष ३० कम्पनीमा लगानी गर्ने म्युचुअल फन्ड बोर्डबाट स्वीकृत, सर्वसाधारणले कहिले किन्न पाउने ?

Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने एनआईसी एशिया सेलेक्ट–३० (इन्डेक्स फन्ड) नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएको छ । बोर्डले प्रति इकाई मूल्य १० रुपैयाँ दरको १० करोड इकाई निष्काशनको अनुमति दिएको हो ।

कुल इकाइमध्ये विज पुँजी वापत न्यूनतम १ करोड ५० लाख इकाई कोष प्रबद्र्धक एनआईसी एशिया बैंकलाई सुरक्षित राखी बाँकी न्युनतम ८ करोड ५० लाख इकाई निकट भविष्यमा नै सार्वजनिक रुपमा बिक्री गरिने बताइएको छ ।

एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको एनआईसी एशिया सेलेक्ट –३० (इन्डेक्स फन्ड) सात वर्ष अवधि रहेको तेश्रो बन्दमुखी योजना हो । उक्त योजनामा संकलित अधिकाशं रकम धितोपत्रको दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गरिने छ । उक्त योजनाको प्रमुख विषेशता भनेको सूचिकृत कम्पनीहरुमा लगानी गर्दा सूचिकृत कम्पनीहरुबाट राम्रा मानिएका कम्पनीहरु मध्ये ३० वटा कम्पनीहरु छनौट गरि लगानी गरिने छ । लगानी गरिने कम्पनीहरुको छनौट गर्दा विभिन्न आन्तरिक प्यारामिटर अनुसार गरिने छ ।

सोही अनुसार कम्पनीको छनौट गर्दा धितोपत्रको दोश्रो बजारमा सूचिकृत सम्पूर्ण समूह उपसमूहमा समावेस भएका कम्पनीहरुबाट समेत छनौट गरेर लगानी गरिने हुँदा ३० वटा कम्पनीमा गरिएको लगानीले समग्र स्टक एक्सचेन्जमा कायम गरेको सम्पूर्ण समूह उप–समूहको प्रतिनिधित्व गर्ने भएकोले एनआईसी एशिया सेलेक्ट–३० फन्डलाई इन्डेक्स फन्ड भनिएको हो । विशेषत सूचिकृत कम्पनीहरुमा लगानी गर्दा ३० वटा कम्पनीहरुमा लगानी गरिने भएता पनि लगानीको अवसर र चुनौती हेरी लगानी गर्ने कम्पनीहरुको संख्यमा थपघट हुन सक्नेछ र निश्चित समय पछि उक्त कम्पनीहरुको संख्यालाई पुनः मुल्यांकन गरि ३० भन्दा बढी नहुने गरि कायम गरिनेछ ।

हाल एनआईसी एशिया क्यापिटलले दुई वटा बन्दमुखी योजना तथा एउटा खुलामुखी योजना सञ्चालन गरिहेको छ । साथै क्यापिटलले एनआईसी एशिया बैंक म्युचुअल फन्ड अन्तर्गतको पाँचौं योजना एनआईसी एशिया फ्लेक्सी क्याप फन्ड नामक योजना स्वीकृतीको लागि नेपाल धितोपत्र बोर्डमा दर्ता गराईसकेको छ । उक्त योजनाको विशेषता भनेको धितोपत्रको दोश्रो बजारमा सूचिकृत कम्पनीहरुलाई स्माल क्याप, मिड क्याप र लार्ज क्याप गरि तीन वर्गमा विभाजन गरि उक्त वर्गहरुबाट उत्कृष्ट मानिएका कम्पनीहरु छनौट गरि लगानी गर्ने रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्