Shikhar Insurance
National Life

बङ्गलादेशसँग २१ अर्ब अमेरिकी डलर विदेशी मुद्रा संचिति, नेपालसँग भन्दा ४ अर्ब  ३० करोड डलर बढी

सिंहदरबार संवाददाता
२०८१ पुष २२, सोमबार ०७:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । बङ्गलादेशको विदेशी मुद्रा सञ्चिति डिसेम्बर सन् २०२४ को अन्त्यसम्ममा २१ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको केन्द्रीय बैङ्कको पछिल्लो तथ्याङ्कले देखाएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) अनुसार डिसेम्बर ३१ सम्ममा देशको विदेशी मुद्रा सञ्चिति २१ अर्ब ३५९ अर्ब डलर रहेको बङ्गलादेश बैङ्कले जनाएको छ ।

बङ्गलादेश जस्तो बढ्दो अर्थतन्त्रका लागि छ महिनाको आयात भुक्तानी बराबर वैदेशिक मुद्रा सञ्चिति पर्याप्त मानिन्छ । यद्यपि विद्यमान सञ्चितिसँगै केन्द्रीय बैङ्कका अधिकारीहरूले बङ्गलादेशले झण्डै चार महिनाको आयात बिल तिर्न सक्ने अवस्थामा रहेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विदेशी मुद्राको प्रमुख श्रोत मध्येको एक मुलुकको रेमिट्यान्स जुलाई–डिसेम्बर अवधिमा कुल १३.७८ अर्ब डलर रहेको आधिकारिक तथ्याङ्कले देखाएको छ । नेपालसँग बङगलादेशको मुद्रा संचितिको तुलना गर्दा बङगलादेशसँग नेपाल भन्दा ४ अर्ब ३० करोड बढी अमेरिकी डलर संचिति छ । यद्यपी नेपालको भन्दा बगंलादेशको अर्थतन्त्र र जनसंख्या ठूलो रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्