Skip to content
Shikhar Insurance
National Life

बंगलादेशलाई ५० मेगावाट बिजुली बिक्री गर्ने सहमति भएको छः प्रधानमन्त्री दाहाल

Hyundai
NCELL
NIMB

नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको दिल्लीस्थित हैदरावाद हाउसमा भएको कार्यक्रममा सम्बोधन गर्दै बंगलादेशलाई ५० मेगावाट बिजुली बिक्री गर्ने गरी सहमति भएको बताए।

पहिलो चरणमा बंगलादेशलाई भारतको बाटो हुँदै ५० मेगावाटसम्म बिजुली बिक्री गर्न सक्ने सहमति भएको उनले बताएका हुन्।’आज भारतसँग भएका जलविद्युत् आयोजनासम्बन्धी सम्झौताले ऊर्जा क्षेत्रको विकास गर्न र ऊर्जाको व्यापारको लागि नयाँ शिराबाट काम गर्ने वातावरण बनेको छ,’ उनले भने।

यसका लागि निकट भविष्यमै बंगलादेश, भारत र नेपालबीच सम्झौता हुने पनि उनले बताए। यसअघि पहिलो चरणमा बंगलादेश ४० मेगावाट बिजुली बिक्री गर्ने उल्लेख गरिएको थियो।

GBIME

प्रतिक्रिया दिनुहोस्