काठमाडौं । डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधी जितेको छ । लिओनेल मेस्सी प्रेरित अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टीमा पराजित गरेको हो । निर्धारित ९० मिनेट २-२ गोलमा सकिएको थियो । थपिएको ३० मिनेटमा पनि दुबै देशले १-१ गोल गरेका थिए । मेस्सिले २ गोल गर्दा एम्बाप्पेले फ्रान्सका लागि ह्याटि्रक गरेका थिए । ३-३ गोलको बराबरीमा पुगेपछि पेनाल्टीबाट बिजेता छानिएको हो । अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टीमा ४-२ गोल अन्तरले पराजित गरेको हो । यो जित संगै मेस्सिले इतिहास रचेका छन् । उनी समकालीन फुटबलका महान खेलाडी बनेका छन् ।
फ्रान्सलाई हराउदै अर्जेन्टिनाले जित्यो विश्वकप, मेस्सिले रचे इतिहास

प्रतिक्रिया दिनुहोस्