Skip to content
Shikhar Insurance
National Life

फोनपे र कर्मचारी सञ्चय कोषबीच डिजिटल भुक्तानी प्रदान गर्ने सम्झौता

Hyundai
NCELL
NIMB

ललितपुर । फोनपे पेमेन्ट सर्भिस लिमिटेड र कर्मचारी सञ्चय कोष (इपीयफ)बीच, एपीआइ आधारित होस्ट-टु-होस्ट भुक्तानीको सुविधा प्रदान गर्ने साझेदारी भएको छ।

व्यवसायदेखि ग्राहक, व्यवसायदेखि व्यवसाय र व्यवसायदेखि सरकारसम्मको भुक्तानीलाई सहज बनाउँन फोनपे र इपीयफबीच सम्झौता भएको हो । साथै, यो व्यवस्थाले फोनपेको इन्टरओपरेबल बिलर प्लेटफर्म मार्फत सापटीहरूबाट प्राप्त रकम संकलन गर्न कर्मचारी सञ्चय कोषलाई सक्षम बनाउने विश्वास लिएको छ।

यस रणनीतिक साझेदारीको फलस्वरुप, अब कर्मचारी सञ्चयकोषमा आबद्ध सदस्यहरूले, मोबाइल बैंकिङ एप्स, इन्टरनेट बैंकिङ, र ओम्नि च्यानल वेबसाइटहरू मार्फत सजिलै आफ्नो भुक्तानी गर्न सक्ने छन् ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले भने, ‘ूहामीले डिजिटल भुक्तानी समाधानहरूलाई एकीकृत गरेर, प्रयोगकर्ताहरूलाई केवल सुविधा मात्र दिइरहेका छैनौंस हामी डिजिटल नेपाल बनाउने लक्ष्यमा पनि सक्रिय रूपमा योगदान गरिरहेका छौं। यो साझेदारीले, हाम्रो प्रतिबद्दता अनुरुप, वित्तीय सेवाहरूलाई सबै नेपालीहरूको लागि थप पहुँच योग्य र ग्राहक मैत्री बनाएको छ । हामीले यस साझेदारी मार्फत धेरै नयाँ भुक्तानी समाधानहरू पनि प्रस्तुत गर्ने लक्ष्य राखेका छौं।’

कर्मचारी सञ्चय कोषका कार्यवाहक प्रमुख प्रबन्धक दर्शन भट्टराईले भने, ‘फोनपे सँगको सहकार्य हाम्रो वित्तीय सेवाहरूलाई आधुनिकीकरण गर्ने रणनीतिक कदम हो। कर्मचारी सञ्चय कोष अन्तर्गत सापटीहरुमा डिजिटल भुक्तानी सेवा सुचारुले, हाम्रो सदस्यहरूको भुक्तानी प्रक्रियालाई सहज र छिटो बनाउनेछ ।’

यस साझेदारीले, हाम्रा योगदानकर्ताहरूलाई फाइदा पुर्याउने नवीन समाधानहरू अपनाउने हाम्रो प्रतिबद्धतालाई दर्साएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्