काठमाडौं । बिहिबार सुनको मूल्य फेरी बढेको छ । अघिल्लो दिन १ सय रुपैयाँले बढेको सुनको भाउ आज प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ५० हजार ४ सयमा किनबेच भएको छापावाला सुन आज प्रतितोला १ लाख ५० हजार ७ सयमा खदिर बिक्री भएको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको छ । चाँदी आज १ हजार ८ सय ६५ रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्