Skip to content
Shikhar Insurance
National Life

फेरि पनि भरतपुर महानगरपालिकाको मेयर बनिन् प्रचण्डपुत्री रेणु दाहाल

Hyundai
NCELL
NIMB

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल निर्वाचित हुने पक्का भएको छ । १ लाख २७ हजारमध्ये १५ हजार मत गन्न बाँकी हुँदा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पुत्री रेनु दाहालले साढे १० हजार मतको अग्रता लिएकी छन्।

रेनु दाहालले ४५,३८९ मत ल्याएकी छन् भने एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ३४,७३८ मत ल्याएका छन्। यस्तै काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १३,८२२ मत ल्याएका छन्।

अहिले २६ र २७ वडाको मत गणना भइरहेको छ।

अब २८ र २९ को मात्र मत गन्न बाँकी छ । यी वडामा पनि रेणु नै हाबी हुने भएकाले रेणु पुनः मेयर बन्ने पक्का भएको हो । नेकपा माओवादीसहित सत्ता गठबन्धनले विजय जुलुस निकाल्ने तयारी गरिरहेका छन् ।

उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी राप्रपाकी उम्मेदवार हिमला गुरुङभन्दा १८ हजार मत अन्तरले अगाडि छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्