Skip to content
Shikhar Insurance
National Life

फिस्टेल ड्रिमपार्कको आक्रामक ओपनिङ : १० दिनमा १० हजार पर्यटक

Hyundai
NCELL
NIMB

पोखरा । पोखराको फिस्टेल ड्रिमपार्क औपचारिक रूपमा सञ्चालनमा आएलगत्तै पर्यटकको घुईचो लागेको छ । साउन १४ गतेदेखि सञ्चालनमा आएको उक्त पार्कमा १० दिनमा १० हजार पर्यटक आएको पार्कका सञ्चालक हिरा केसीले जानकारी दिए ।

५० करोड लगानीमा निर्मित यस पार्क करिब ६५ रोपनी जग्गामा फैलिएको छ । यहाँ वाटर स्पोर्टस् र ड्राइ स्पर्टस् एकै ठाउँमा रहेकाले पनि पर्यटकको आकर्षण बढेको हुनसक्ने हिरा बताउँछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘पोखराकै ठूलो वाटर स्पोर्टस्को रूपमा सञ्चालनमा ल्याइएको यस पार्क मानिसहरू रमाइलो गर्न आउने एउटा सेन्टर पोइन्टको रूपमा विकास गर्ने हाम्रो मुख्य उद्देश्य हो,’ हिरा भन्छन् ‘यहाँ इन्डोर गेम, ड्राई पार्क, वेट पार्क, सोफा स्लाइड, लेजी रिभर, फ्रि फल, ट्रोनाडो बावल, वेभ पुल, रेल लगायतका करिब २५ थरीका इभेन्टहरू रहेका छन् ।’

उनका अनुसार, विभिन्न खेलहरू गरेर ५ हजार मानिसहरू पार्कमा एकै पटक रमाउन सक्छन् । पार्क पोखराको पुरानो एयरपोर्टबाट करिब ४ किलोमिटर र पृथ्वीचोकबाट करिब ५ किलोमिटरको दुरीमा रहेको छ । यहाँ निजी मात्र नभइ एयरपोर्टबाट ढुंगेसाहु, सितापाइला जाने सार्वजनिक यातायातबाट पनि पुग्न सकिन्छ ।

फिस्टेल ड्रिमपार्कको प्रवेश शुल्क २ सय रुपैयाँ रहेको छ । जसमा बच्चाहरूका लागि ५० प्रतिशत छुटको व्यवस्था रहेको छ । यस्तै, वाटर पार्कको प्याकेज १ हजार र ड्राइपार्क प्याकेज ४ सय ५० रुपैयाँमा उपलब्ध छन् । प्रवेशपछि सिमित खेल खेल्न चाहनेका लागि प्रति खेलको १ सय ५० देखि ३ सय   रुपैयाँसम्म लाग्नेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्