Skip to content
Shikhar Insurance
National Life

फागुन २९ गतेदेखि सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सकाे एकीकृत कारोबार सुरु

Hyundai
NCELL
NIMB

काठमाडौं । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले फागुन २९ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन्। कम्पनीहरूले सुचना जारी गर्दै नियामकको स्वीकृति पछि एकिकृत कारोबार सुरु गर्न लागेको जानकारी दिएका हुन ।

गत असार ३० गते मर्जरका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका यी कम्पनीहरूले आठ महिनामा दुबै कम्पनीबीच मर्जर सम्बन्धी सम्पुर्ण काम सकिएपछि सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेको हो ।

सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर आदान प्रदान अनुपात (स्वाप रेशियो) क्रमश १००ः८० कायम रहने गरी मर्जर सम्बन्धी सम्झौता भएको थियो ।

यी दुबै कम्पनीको फागुन ११ गते सम्पन्न वार्षिक साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताब पारित गरेको थियो । यस्तै नेपाल बीमा प्राधिकरणले फागुन १६ गते, नेपाल धितोपत्र बोर्डले फागुन २३ गते मर्जर सम्बन्धी अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

मर्जर पश्चात बन्ने सगरमाथा लुम्बिनी इन्स्योरेन्सको केन्द्रिय कार्यालय काठमाडौं महानगरपालिकाको वडां. १ नक्सालमा रहने कम्पनीले जनाएको छ ।

मर्जर पश्चात बन्ने कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सञ्चालक समितिमा दुवै कम्पनीको तर्फबाट ३/३ जना र एक जना स्वतन्त्र सञ्चालक रहने छन् भने सञ्चालक समितिको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट र प्रमुख कार्यकारी अधिकृतमा सगरमाथा इन्स्योरेन्सका तर्फबाट हालका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री रहनेछन् ।

दुवै कम्पनीको आ‍व २०७८/७९ को वित्तीय विवरण अनुसार प्रस्तावित बोनस सेयर वितरण पश्चात स्वाप रेशियो गणना गरी मर्जर पश्चात कायम हुने कम्पनीको चुक्ता पूँजी २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ पुग्नेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्