Skip to content
Shikhar Insurance
National Life

फागुन महिनामा राजस्व विभागले उठायो ३२ अर्ब राजस्व, गतवर्ष भन्दा चार अर्ब बढी

Hyundai
NCELL
NIMB

काठमाडौं। आन्तरिक राजस्व विभागले फागुन महिनामा ३२ अर्ब ७ करोड राजस्व संकलन गरेको छ । विभागले गत आर्थिक वर्षको तुलनामा चार अर्ब बढी राजस्व संकलन गरेको हो ।

फागुन महिनामा विभागले ३६ अर्ब ११ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो। तर विभागले लक्ष्यभन्दा ४ अर्ब ११ करोड कम राजस्व संकलन गरेको हो । चालु वर्षको आठ महिनामा विभागले ३ खर्ब ८३ अर्ब ५५ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । जसमा ३ खर्ब ११ अर्ब ९१ करोड मात्रै राजस्व संकलन भएको छ। जुन लक्ष्यको तुलनामा ७२ अर्ब ३६ करोड कम हो ।

आन्तरिक राजस्वतर्फ अन्तशुल्क शिर्षकमा भारी गिरावट आएको छ । सरकारले वर्षेनी नेगेटिभ लिष्टमा निरन्तर कर वृद्धि गर्दा यसको नकारात्मक असर राजस्वमा परेको छ । विभागले यो पटक बैंक तथा वित्तिय संस्थाको फर्दर पब्लिक अफरिङ (एफपीओ) र बार्गेन पर्चेज (मर्जर) मा कर उठाउँदा १३ अर्ब ५ करोड अतिरिक्त कर संकलन भएको छ ।

अतिरिक्त १३ अर्ब रुपैयाँ थप हुदाँ पनि पोहोरको तुलनामा राजस्व ९.९९ प्रतिशत मात्रै वृद्धिदर छ । विभगले हाल १० अर्ब भन्दा बढीको नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिलको अनुसन्धान अघि बढाइरहेको छ । यस्तै चालु वर्षकाे बजेटबाट फेसलेस कर परिक्षणमा जानको लागि विभागले परिक्षण सुरु गरि सकेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्