काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले करिब डेढ लाख कित्ता सेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ४० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको छ। उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले न्यूनतम मूल्य वा सोभन्दा बढी कबोल गरी शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ।
सेयर खरिदका लागि ३५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित संस्थाको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्ने संस्थाले जनाएको छ। तोकिएको म्यादभित्र शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिनेछ।
प्रतिक्रिया दिनुहोस्