Skip to content
Shikhar Insurance
National Life

प्रोभिडेन्ट मर्चेन्ट बैंकिङ्गको २ लाख बढी कित्ता सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रोभिडेन्ट मर्चेन्ट बैंकिङ्ग लिमिटेडले संस्थापक कित्ता सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले कम्पनीको संस्थापक समुहको  नाममा रहेको २ लाख ७४ हजार ५ सय ९६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको न्यूनतम मूल्य भने तोकिएको छैन । सेयर खरिदको पहिलो हकदार विद्यमान संस्थापक सेयरधनीहरु भएकाले सेयर खरिद गर्न इच्छुक सेयरधनीहरुले आफूले खरिद गर्न चाहेको सेयर संख्या र रकम खुलाई कम्पनीका नाममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, शाखा कार्यलय नयाँ वानेश्वरमा रहेको खातामा रकम जम्मा गर्नुपर्ने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

रकम जम्मा भएको सक्कल भौचर संकलन गरी असार १३ गतेभित्र कम्पनीको कर्पोरेट कार्यलय नयाँ वानेश्वरमा आइपुग्ने गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्ने कम्पनीले सूचनामार्फत जानकारी दिएको छ ।

तोकिएको समयावधिभित्र सेयरधनीहरुबाट सेयर खरिदकोे कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति तथा संस्थामा सेयर बिक्रीको प्रकृया खुल्ला गर्ने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्