काठमाडौं । पूर्व सचिव प्रेम कुमार राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखको सपथ लिएसँगै कार्यवाहक प्रमुख आयुक्त डा. गणेश राज जोशीले राजीनामा दिएका छन् । आफु भन्दा कनिष्ठलार्य प्रमुख आयुक्त बनाईएको भन्दै जोशीले राजीनामा दिएका हुन् । जोशीको कार्यकाल अझै केहि महिना बाँकी नै थियो । उनी आफैं पनि प्रमुख आयुक्त बन्ने लााइनमा थिए तर ओलीले रुचाएनन् । कार्यवाहक प्रमुख आयुक्त डा. जोशीले बुधबार शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामापत्र बुझाएका हुन् ।
प्रेम राई अख्तियार प्रमुख बनेपछि गणेशराज जोशीले दिए रााजीनामा

प्रतिक्रिया दिनुहोस्