Skip to content
Shikhar Insurance
National Life

प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स प्राधिकरणको कारवाहीमा, उधारो बीमा गर्दा लाखाैं जरिवाना

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स बीमा प्राधिकरणको कारवाहीमा परेका छन् । यी कम्पनीहरुले उधारो बीमा गरेको भन्दै प्राधिकरणले फागुन २६ गते शुक्रबार कारवाही गरेको हो ।

प्राधिकरणद्वारा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बीमा कम्पनीहरुमा गरिएको स्थलगत सुपरिवेक्षणमा यी कम्पनीहरुले उधारो बीमा लेख बिक्री गरेको भेटिएको थियो । स्थलगत सुपरिवेक्षणको प्रतिवेदन रिपोर्टले औल्यांएको विषयमा प्राधिकरणले थप अध्ययन गरी कारवाही अघि बढाएको प्राधिकरणका एक अधिकारीले बताए ।

‘प्राधिकरणले २ वर्षअघि नै स्प्रष्ट रूपमा उधारो बीमा लेख बिक्री नगर्न निर्देशन दिइसकेको छ,’ प्राधिकरणका ती अधिकारीले सिंहदरबारसँग भने, ‘तर, यी कम्पनीहरुले भने प्राधिकरणको निर्देशन विपरित व्यवसाय गरेको पुष्टि भएपछि कारवाहीको प्रकृया अघि बढाएका हौं ।’

प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स अत्याधिक मात्रामा उधारो बीमा लेख बिक्री गरेको हुँदा नगद जरिवाना लगाइएको ती अधिकारीले जानकारी दिए ।

‘अन्य कम्पनीहरुमा पनि केही मात्रामा उधारो बीमा देखिएका छन् । तर, ती कम्पनीहरुले नियतवस गरेको देखिएन, तर, यी कम्पनीहरुले भने व्यवसायलाई नै प्रभाव पर्ने मनासयले उधारोमा बीमा लेख बिक्री गरेको पाइएपछि शुक्रबार पत्रपठाएका छौं, यी कम्पनीहरूले २/२ लाख रुपैयाँ नगद जरिवाना तिर्नु पर्छ ।’– प्राधिकरणका ती अधिकारीले भने ।

यस्तो प्रकृतिको विकृती मौलाउँदै गएपछि प्राधिकरण गत आवमै कम्पनीहरुलाई उधारो बीमा पोलिसी बिक्री नगर्न निर्देशन दिइसकेको छ । तर कम्पनीहरुले आफ्नो पर्फमेन्स र व्यवसाय बढाउनका लागि अस्वस्थ प्रतिस्पर्धा गरिरहेका छन् । यस्तो प्रवृत्ति निरुत्साहित गर्नका लागि प्राधिकरणले बीमा कम्पनीहरुको हरेक काम कारवाहीको स्थलगत सुपरिवेक्षण गरिरहेको हुन्छ ।

यदि कुनै कम्पनीले उधारो बीमा पोलिसी बिक्री गरेको पाइएमा हर्जना तिराउनेदेखि शाखा विस्तारमा रोक, कारोबार रोक्का, पोटफोलियो नै रोकिन सक्ने र लाभांश वितरणमा समेत रोक्का गर्न सक्ने अधिकार प्राधिकरणसँग छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्