Skip to content
Shikhar Insurance
National Life

प्रिमियर इन्स्योरेन्सले गर्यो १५ प्रतिशत लाभांश घोषणा, बोनशभन्दा नगद बढी

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रिमियर इन्स्योरेन्स नेपालले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ। कम्पनीको कात्तिक २९ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट सेयरधनीलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

संचालक समितिको बैठकले प्रस्ताव गरेको लाभांशमा हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनश सेयर र १० प्रतिशत नगद लाभांश रहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २२ करोड ७६ लाख ८४ हजार ८०० रुपैयाँको रहेको छ । जसको ५ प्रतिशतले हुन आउने ६ करोड १३ लाख ८४ हजार २४० रुपैयाँबराबरको बोनस सेयर र १० प्रतिशतले हुन आउने १२ करोड २७ लाख ६८ हजार ४८० रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनसहित) रहेका लाभांश वितरण गर्ने संचालक समितिले प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीहरुलाई वितरण गरिने छ।

GBIME

प्रतिक्रिया दिनुहोस्