Skip to content
Shikhar Insurance
National Life

भोट हाल्नुअघि उम्मेदवारलाई यी १३ प्रश्न सोध्न नभुल्नुस्

Hyundai
NCELL
NIMB

स्थानीय निर्वाचनका क्रममा मतदाताले प्रतिस्पर्धामा रहेका उम्मेदवारलाई गर्नुपर्ने प्रश्नः

१. तपाइँ (वा तपाइँको दल) मानवीय विकास तथा सुशासनलाई पहिलो प्राथमिकता दिनु हुन्छ ? गरीव र आर्जन विहीन समुदाय तपाइँको प्राथमिकतामा पर्छ ?

२. स्थानीय युवालाई आफ्नो पालिकामा रही काम गर्ने वातावरण बनाउन तपाइँ वा तपाइँको दलसँग केही भिजन छ ?

३. आफ्नो पालिका वा ठाउँको विकासको प्रमुख अवसर र चुनौती ठम्याउनु भएको छ ? तिनलाई एक एक योजना बनाई पूरा गर्न सकिन्छ ?

४. सामाजिक न्याय भनेर होइन गरेर देखाउन आवश्यक छ । यसतर्फ तपाइँको भावी क्रियाकलाप लक्षित हुनसक्ला ?

५. निर्वाचित भए पछि तपाईंको व्यक्तित्व साझा हुन सक्ला ? अन्य दल वा व्यक्तिको सही र स्वतन्त्र धारणा स्वीकार गर्न सक्नुहुन्छ ?

६. तपाइँलाई विभिन्न स्वार्थ समूहले अनेक बहानामा आफन्त बनाउने चेष्टा गर्छन् । ती छद्म प्रस्ताव तथा मायाजाललाई कसरी चिन्नुहुन्छ ? सहयोगीजस्ता देखिने त्यस्ता पंक्तिबाट कसरी टाढा बस्नुहुन्छ ?

७. आफ्नो क्षेत्रको विशिष्टताको पहिचान आफ्नो मूल्य पहिचान हो । त्यसतर्फ केही सोच बनाउनु भएको छ ?

८. नयाँ पुस्तासँग वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा सूचना प्रविधि आदिको क्षेत्रमा सहकार्य गर्ने सोच छ ? कि तपाइँसँग यस्तो एजेण्डा नै छैन ?

९. निजी क्षेत्रसँग रोजगारी प्रवर्द्धनमा सहकार्य गर्न आवश्यक देख्नुहुन्छ ?

१०. कृषि उत्पादन तथा बजारीकरण, सीप विकास तथा व्यवसायिक वातावरण निर्माण नगरी समृद्धिको दैलो खुल्दैन । त्यसतर्फ केही सोच बनाउनु भएको छ ?

११. सांस्कृतिक, सामाजिक–आर्थिक तथा पर्यटकीय जागरणका उत्सव तथा महोत्सव आदिले समाजलाई जीवन्त र गतिशील बनाउने सन्दर्भमा केही कार्यक्रम तपाइँ वा तपाइँको दलले सोचेको छ ?

१२. भौतिक विकास स्थानीय जनताको सहजता र उन्नयनका लागि तर्जुमा तथा कार्यान्वयन गर्ने उपकरण हो भन्नेमा विश्वस्त हुनुहुन्छ ? यसको परिपक्व प्रणाली विकास गर्न कटिबद्ध हुनुहुन्छ ?

१३. चुनावी संकल्पको वार्षिक समीक्षा गर्नुहुन्छ ? संकल्पमा भएका हावादारी कुरा सच्याउन तयार हुनु हुन्छ ?

यी र यस्ता प्रश्नहरुको जवाफले मतदानमा जनतालाई सही दल तथा उम्मेदवार छान्न सघाउ पुर्‍याउँछ । अन्यथा, चुनाव ‘भागशान्ति जय नेपाल’मा परिणत हुन्छ । आशा गरौँ, जनता सहस्र जालझेल, षड्यन्त्र, प्रलोभन तथा खरीद बिक्रीको ऊहापोह पार गरी सही नेतृत्व छान्न सफल हुनेछन् ।

(नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा नेपाल बैंकको सञ्चालक समिति पूर्व अध्यक्ष अधिकारीको फेसबुक वालबाट साभार । शब्द संयोजनः साहित्यिक मासिक ।)

GBIME

प्रतिक्रिया दिनुहोस्