Skip to content
Shikhar Insurance
National Life

प्राइम लाइफका सबै भुक्तानी पूर्ण अटोमेटेड हुने

Hyundai
NCELL
NIMB

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना सम्पूर्ण भुक्तानीहरु स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुने व्यवस्थाको थालनी गरेको छ । यसरी एनसीएचएलको नेसनल पेमेन्ट्स इन्टरफेस प्रयोग गरी यस भित्र रहेका प्रणालीमार्फत कम्पनीले आफ्ना विभिन्न प्रकारका भुक्तानीहरु रियल–टाइम तथा नन–रियलटाइममा स्वचालित रूपमा कारोबार गर्न सक्ने प्राइम लाइफ पहिलोे इन्स्योरेन्स कम्पनी भएको छ ।

हाल कम्पनीले सिद्धार्थ बैंकमार्फत यी भुक्तानी कारोबार गर्ने भएको छ ।

यस व्यवस्थाको सुरुवात सँगै प्राइम लाइफले इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना लगानी सम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ भने यसबाट कम्पनीको सेवा सञ्चालन थप छरितो, र सहज हुने विश्वास गरिएको छ ।

प्राइम लाइफसँगै २३ जीवन तथा निर्जीव बीमा प्रदायक कम्पनीहरुको बीमा शूल्क (प्रिमियम) को संकलन हाल अनलाइनमार्फत कनेक्ट आईपीएस ई–पेमेन्टबाट भइरहेको छ भने ४ वटा बीमा कम्पनी एनपीआई प्रणालीमा आबद्ध भइसकेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्