Skip to content
Shikhar Insurance
National Life

प्रशान्त शर्माको ‘ईरा’ विमोचन

Hyundai
NCELL
NIMB

काठमाडौं । लेखक प्रशान्त शर्माको दोस्रो उपन्यास ‘ईरा’ विमोचन गरिएको छ । आज आयोजित एक कार्यक्रमका बिच शर्माको दोस्रो उपन्यास ईरा सार्वजनिक गरिएको हो ।

विमोचन समारोहमा समाजशास्त्री डा. शोभा ढुंगाना, सञ्चारकर्मी अच्युत घिमिरे बुलबुल, अभिनेत्री लक्ष्मी बर्देवा, लेखक विवेक ओझासहित लेखक शर्माले सामूहिक रूपमा पुस्तक विमोचन गरेका हुन् ।

कार्यक्रममा बोल्दै समाजशास्त्री डा. शोभा ढुंगानाले, ‘लेखक शर्माले समाजको वास्तविकतालाई उजागर गरेको बताइन् ।’ समाजमा कतिपय पात्रहरूले आज आफ्नो महत्त्व बुझ्न नसक्नाले शर्माले पुस्तकमा लेखेकाे कथा वास्तविक समाजको घटना र परिदृश्य भएको उनले बताइन् ।

त्यस्तै, सञ्चारकर्मी अच्युत घिमिरेले, ‘शर्मा पछिल्लो समयमा उदाउँदै गरेका युवा लेखकका रूपमा स्थापित हुन सक्ने बताए ।’ उनले, पछिल्लो समयका दश जना युवा लेखकको नाम लिने हो भने, त्यसमा शर्माको नाम पनि समावेश हुने बताए।

अभिनेत्री लक्ष्मी बर्देवाले, ‘लेखक शर्मालाई बदाई दिँदै पुरूष भएर पनि महिलाको विषयमा जुन हिसावले पुस्तकमा उल्लेख गरिएको छ त्यसमा शर्माको मिहिनेत देखिएको बताइन् ।’ उनले युवापुस्ताका लेखकमा जुन हिसाबको जोश जाँगर देखिएको छ त्यसले भोलिका दिनमा समाजमा सकारात्मक प्रभाव पर्नेसमेत बताइन् ।

कार्यक्रमको समापन गर्दै लेखक शर्माले, दुई वर्षको अन्तरालपछि आफूले दोस्रो उपन्यास सार्वजनिक गर्ने दुस्साहस गरेको र यसको राम्रो र नराम्रो पक्षहरू सबै केलाउने जिम्मा पाठकको भएको बताए।

GBIME

प्रतिक्रिया दिनुहोस्