Skip to content
Shikhar Insurance
National Life

प्रविधिमा फड्को मार्दै कृषि विकास बैंक, सुरु गर्यो डलर प्रिपेड कार्ड

Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि विकास बैक लिमिटेडले पनि युएस डलर प्रिपेड कार्ड सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ्ग सेवाको पहुँच पु¥याउन, बजारको माग तथा ग्राहकको आवश्यकता अनुसार प्रिपेड डलर कार्ड सेवा सुरु गरेको हो । बैंकले बैशाख १५ गतेदेखि डलर कार्डबाट भुक्तानी सुरु गरेको हो । जसबाट विदेशि मुद्रामा आम्दानीको श्रोत नभएका तर नेपाल भित्रै बसि ई–कमर्शको माध्यमबाट अनलाइन सपिङ तथा बिल भुक्तानीको कारोबार गर्न सकिन्छ । बैकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको सिमा भित्र रहेर डलर कार्डबाट भुक्तानी गर्न सकिने बताए ।

कार्यक्रममा बैंकका उप–महाप्रवन्धकहरु प्रताप सुबेदी, यज्ञप्रकाश न्यौपाने, धु्रवचन्द्र गौतम, दिर्घ बहादुर अर्याल, प्रेम कुमार श्रेष्ठ, बाबुकाजी थापा, विभागीय प्रमुखहरु क्रमशः अजय कुमार रिमाल, हिमलाल पौडेल, सरोज कुमार साह, टंक पोखरेल त्यसैगरी डिजिटल बैकिंग विभागका बरिष्ठ शाखा प्रमुख भोला नेपाल, प्रज्वल भट्टराई, भुमिराज न्यौपाने, कोमल सिटौला तथा संगिता श्रेष्ठ लगायतको उपस्थिति थियो ।
बैंकका सिईओ उपाध्यायले अनिता पौडेललाई पहिलो प्रिपेड डलर कार्ड हस्तान्तरण गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्