काठमाडौं । नेकपा एमालेका सांसद लालबाबु पण्डितले हप्ताको २ दिन बिदा दिने निर्णय कसको फाइदा र कुन प्रयोजनका लागि गरिएको भन्दै प्रश्न उठाएका छन् । प्रतिनिधि सभामा शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई पण्डितले नेपालमा यसै पनि सार्वजनिक सेवा प्रवाहमा समस्या भोग्नु परिरहेको बताउँदै २ दिन बिदा दिनुको कारण खोजेका हुन् ।
प्रम देउवालाई सांसदको प्रश्नः साताको २ दिन बिदा कसको फाइदा र कुन प्रयोजनका लागि गरिएको ?

प्रतिक्रिया दिनुहोस्