Skip to content
Shikhar Insurance
National Life

प्रमको शपथ बदरको अन्तरिम आदेश जारी गर्ने मागमा सर्वोच्चले भन्यो : त्यो परेन !

Hyundai
NCELL
NIMB

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीको शपथ बदरमा अन्तरिम आदेश जारी गर्नु नपर्ने बताएको छ । अधिवक्ता चन्द्रकान्त ज्ञवालीसमेतले हालेको रिटमा उत्प्रेषण आदेश जारी गर्दै सर्वोच्चले राष्ट्रपतिको कार्यालयको लिखित जवाफ परेपछि रिट निवेदनको अन्तिम निर्णय हुने भएकाले माग बमोजिम अन्तरिम आदेश आवश्यक नरहेको बताएको हो ।

प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजालसले भनेको छ, “माग बमोजिम अन्तरिम आदेश जारी गर्नु (त्यो) परेन ।” रिटमा अन्तरिम आदेशको माग गरी प्रधानमन्त्रीको सपथ बदर तथा प्रमलाई काम गर्नबाट रोक्ने आदेश माग गरिएको थियो ।

ओलीले ‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति विद्या भण्डारीले शपथ गराउँदा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश पढेका थिएनन् । राष्ट्रपति भण्डारीले सो वाक्यांश दोहोर्‍याउँदा ओलीले ‘यो पर्दैन’ भन्दै शपथग्रहण अगाडि बढाएका थिए । ओलीको जवाफ सुनेर राष्ट्रपति ‘हिहि’ गर्दै हाँसेकी थिइन् । ओलीले शपथमा ‘ईश्वरको नाममा’ पनि भनेका थिएनन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्