Skip to content
Shikhar Insurance
National Life

प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुभाष अमात्य

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीकोे संचालक समिति अध्यक्षमा सुभाष अमात्य चयन भएका छन् । कम्पनीको चैत १६ गते बसेको संचालक समितिको बैठकले संस्थापक सेयरधनीहरुबाट संचालकमा प्रतिनिधित्व गरेका अमात्यलाई अध्यक्षमा चयन गरेका हो ।

नवनियुक्त अध्यक्षले आजै बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट सपथ ग्रहण गरी कार्यभार सम्हालेका छन् ।

कम्पनीमा यसअघि अध्यक्ष रहेका डा.आत्माराम घिमिरेले चैत १६ गतेदेखि नै लागू हुने गरी राजिनामा दिएका छन् । उनले आफ्नो व्यक्तिगत कारणले राजिनामा दिएको उल्लेख गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्