Skip to content
Shikhar Insurance
National Life

प्रभु लाइफ इन्स्योरेन्सले १०.३१ प्रतिशत लाभांश दिने

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ। २०७४ मंसिर २८ देखि बिमा व्यवसाय कारोबार सञ्चालन गर्दै आएको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले पाँचौं वार्षिक साधारणसभा गरेको हो ।

पाँचौं वार्षिक साधारणसभाले समूह ‘क’ संस्थापक समूहका सेयरधनीका तर्फबाट शिक्षा भट्टचन, मिजास भट्टचन, श्याम कृष्ण श्रेष्ठ र सुसन शेरचनलाई सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित गरेको छ ।

कम्पनीमा शंकर गौतम तथा दिपक पाण्डेय सर्वसाधारण सेयरधनीहरुको तर्फबाट चौथो वार्षिक साधारणसभाबाटै सञ्चालकमा रहँदै आएका छन् । साधारणसभाले ९.८० प्रतिशत सेयर लाभांश र ०.५१ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) गरी जम्मा १०.३१ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ ।

साधारणसभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष सुभाष अमात्यले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७७र७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुसमेत पारित गरेको छ ।

साधारणसभाले प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच १ः१ सेयर अनुपातमा हुने मर्जर प्रक्रियालाई स्वीकृति प्रदान गरेको छ साथै मर्जरपछि बन्ने कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड राख्न पनि स्वीकृति प्रदान गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्