Skip to content
Shikhar Insurance
National Life

प्रभु महालक्ष्मी लाइफका लगानीकर्ता मालामाल, १० प्रतिशत बोनससँगै ७ प्रतिशत हकप्रद पनि

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सेयरधनीहरु मालामाल हुने भएका छन् । कम्पनीले आफ्ना लगानीकर्तालाई १०.५२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । जसमा १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) रहेको छ । कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक बर्ष २०७९।८० को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनको लागि ०।५२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

साथै कम्पनीको बैठकले बोनस सेयर वितरण पश्चात् कायम हुने चुक्ता पूँजी ४ अर्ब ७२ करोड ५६ लाख को ७ प्रतिशतले हुन आउने रकम बारबरको हकप्रद सेयर जारी गर्ने निर्णय पनि गरेको छ ।

कम्पनीले यसअघि चुक्ता पूँजी ४ अर्ब २९ करोड ६० लाखको १७ प्रतिशतले प्रतिकित्ता अंकित मूल्य १०० मा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । तर नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृति नदिएपछि रोकिएको थियो । कम्पनीले उक्त निर्णय स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पठाउने र आगामी वार्षिक साधारणसभामा पेश गर्ने निर्णय गरेको एक सूचनामार्फत जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्