Skip to content
Shikhar Insurance
National Life

प्रभु महालक्ष्मी लाइफले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आव २०७९/८० को मुनाफबाट सेयरधनीलाई १०.५२६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनीको भदौ २३ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार कम्पनीको असोज २३ गते साधारण सभा आव्हान गरेके हो ।

कम्पनीले १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०।५२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको एक सूचनामार्फत जानकारी दिएको छ ।

कम्पनीले बोनस सेयर दिएपछि हुने चुक्ता पुँजीको आधारमा सात प्रतिशत हकप्रद सेयर समेत जारी गर्ने भएको छ। कम्पनीले यसअघि १७ प्रतिशत हकप्रद दिने उल्लेख गरेको भएपनि बोनसबाट चुक्ता पुँजीमा केही रकम थपिने भएपछि हकप्रद घटाएको कम्पनीले जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्