Skip to content
Shikhar Insurance
National Life

प्रभु महालक्ष्मी लाइफले छान्यो १५ वटा बिमा पोलिसी, यी हुन एकीकृत कारोबारपछि आउने प्रडक्टहरू

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले असारभित्रै मर्ज हुने गरी तीव्र गतिमा तयारी गरिरहेका छन् । एकीकृत कारोबार पछि बन्ने “प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड” ले बजारमा बिक्रिका लागि ल्याउने बीमा योजनाहरु (प्रोडक्ट) छनोट गरिसकेको छ । दुवै कम्पनीका विज्ञ कर्मचारीहरुको अध्ययन। विश्लेषणपछि साउन १ गतेबाट बिक्रीका लागि १५ वटा पोलिसी छनौट भएका छन् ।

नेपाल बिमा प्राधिकरणबाट एकीकृत कारोबारपछि प्रचलनमा ल्याउन उक्त योजनाहरु स्वीकृति समेत प्राप्त भइसकेको छ । नेपाली जनमानसको आवश्यकता, बिमितलाई पर्ने लागत, कम्पनीलाई हुने मुनाफा र योजनामा हुने सुविधाहरुलाई समेत विचार गरी १५ वटा योजना प्रचलनमा ल्याउन सार्वजनिक गरिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

स्वीकृत बिमा योजनाहरुमा सुपर सुरक्षित बिमा, समृद्ध जीवन बीमा, चमत्कारीक हेरचाह बिमा, लोकप्रिय धन फिर्ता बिमा, स्मार्ट प्लस बिमा, बम्पर श्रीबृद्धि बिमा, गज्जवको लगानी फिर्ता बिमा, डवल धमाका बिमा, सबैको जीवन बिमा, सर्वश्रेष्ठ आजिवन बिमा, सुनौलो किरण बिमा, बैभव जीवन बिमा, जीवन उन्नती बीमा, लगानी फिर्ता बिमा र निर्धक्क जीवन बिमा योजनाहरू छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्