Skip to content
Shikhar Insurance
National Life

प्रभु महालक्ष्माी लाइफको करिब १ लाख कित्ता सेयर बिक्रीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ५ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ९८ हजार ४ सय ९० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरधनी शशि रञ्जन कलवारको नाममा रहेको ४५ हजार कित्ता, भिम बहादुर गौचनको १० हजार कित्ता, मोहन राज जोशीको २० हजार कित्ता, मोक्ष राज्यलक्ष्माी देवि प्रधानको १८ हजार कित्ता, गणेश कुमार घिमिरेको नाममा रहेको ५ हजार ४ सय ९० कित्ता सेयर गरी कूल ९८ हजार ४ सय ९० कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।

साथै, तोकिएको समभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिद बिक्री नभएमा कम्पनीले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचनामार्फत जानकारीप् दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्