Skip to content
Shikhar Insurance
National Life

प्रभु बैंक, आरएण्डडि ईन्नोभेटिभ र इनफिकेयर प्रा.लि. बिच कृषिमा कजा लगानी गर्न त्रिपक्षीय सम्झौता

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु बैंक लिमिटेड, आर एण्ड डि ईन्नोभेटिभ सोलुशन र इनफिकेयर प्रा. लि. बिच किसानहरुलाई सुलभ बित्तिय कर्जा उपलब्ध गराउने बिषयमा त्रिपक्षीय सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा आर एण्ड डि ईन्नोभेटिभ सोलुशनकी प्रमुख कार्यकारी अधिकृत श्रीमती सुनिता न्हेम्हाफूकी, इनफिकेयर प्रा.लि.का निर्देशक सबिन मानन्धर र बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार किसानहरुलाई सहज ढङ्गले बित्तिय कर्जा उपलब्ध गराउन प्रभु बैंक, आर एण्ड डि ईन्नोभेटिभ सोलुशन र इनफिकेयर प्रा. लि. यस साझेदारी को मुख्य उद्देश्य किसानहरूको व्यवसाय विकाश र विस्तारमा केन्द्रित गर्ने रहेको छ ।

साथै, समाजमा उच्चस्तरिय बैंकिङ्ग सेवा उपलब्ध गराउन देशैभर ३६५ शाखा कार्यालयहरु ७१ एक्स्टेन्सन काउन्टर तथा ३०९ एटिएमको पहुँच रहेको प्रभु बैंक लिमिटेडले उक्त सम्झौता अनुरुप किसानहरुलाई कर्जा उपलब्ध गराउन सहजता प्रदान गर्नेे विश्वास लिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्