Skip to content
Shikhar Insurance
National Life

प्रभु बैंकले ल्यायो विद्युतीय कारोबारलाई प्रवर्धन गर्न काउन्टर ‘प्रभु डिजिटल क्वीब’

Hyundai
NCELL
NIMB

काठमाडौं । अंग्रेजी नयांँ वर्ष २०२५ को शुरुवात संगै प्रभु बैंक लिमिटेडले विद्युतीय कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यले स्वचालित काउन्टर प्रभु डिजिटल क्वीब सञ्चालनमा ल्याएको छ ।

उक्त काउण्टर मार्फत Cash Deposit, Cash Recycling, Cheque Deposit, Statement Printing, ATM तथा विभिन्न Kiosk मेशिनको माध्यमबाट नगद जम्मा गर्न, नगद निकाल्न, क्लीयरिङ चेक जम्मा गर्न, खाताको स्टेट्मेण्ट प्रिन्ट गर्न सकिने लगायतका सेवाहरु ग्राहक आफैंले प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यस सेवाको शुरुवात सँगै कार्यालय समय कुरेर काउण्टरमा लाइन लागि बैंकिङ्ग सेवा लिनुपर्ने झन्झटको अन्त्य भएको बैंकले जनाएको छ । बैंकका अनुसार हाल यो सेवा बंैकको मुख्य कार्यालय, बबरमहलबाट उपलब्ध गराइएको र निकट भविष्यमा आवश्यकता अनुसार अन्य स्थानमा समेत विस्तार गरिनेछ ।

साथै यस नबिनतम् सेवाबाट ग्राहक वर्गले पर्याप्त लाभ उठाउनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्