Skip to content
Shikhar Insurance
National Life

प्रभु बैंकको ४० लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सेयरको न्युनतम मूल्य कति?

Hyundai
NCELL
NIMB

काठमाडौं। प्रभु बैंकको ४० लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले विद्यमान संस्थापक सेयरधनीको नाममा रहेको सो सेयर बिक्री आह्‍वान गरेको हो।

सेयर सिलबन्दी बोलकबोलमार्फत बिक्री गरिने भएको छ। इच्छुक संस्था वा व्यक्ति जो कोहीले उक्त बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।

विद्यमान संस्थापक सेयरधनी पनि बोलकबोलमा सहभागी भएर बोलपत्र आवेदन बुझाउन सक्नेछन्।

बोलकबोल भोलि (मंसिर २८ गते) देखि खुला कम्पनीले जनाएको छ। सो बोलकबोलमा लगानीकर्ताले पुस १३ गतेसम्म आवेदन पेस गर्नु पर्नेछ।

सेयरको न्युनतम मूल्य बैंकले १२६ रुपैयाँ तोकेको छ। इच्छुक संस्था वा व्यक्ति जो कोहीले तोकिएको मूल्यभन्दा कम मूल्य राखेर आवेदन दिन पाइने छैन।

बैंकको सो सेयरमा लगानीकर्ताले न्युनतम १० हजार कित्ताका लागि बोलकबोल पेस गर्नु पर्नेछ। अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

बोलपत्र फाराम बैंकको बिक्री प्रबन्धक प्रभु क्यापिटलबाट प्राप्त गर्न सकिनेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्