Skip to content
Shikhar Insurance
National Life

प्रभु बैंकको नाफा ५१.१६ प्रतिशतले बढ्यो, लाभांश क्षमता कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु बैंकको नाफा ५१.१६ प्रतिशतले वृद्धि भएको छ । बैंकले गत आर्थिक वर्ष २०७८।८९ मा २ अर्ब ६० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो । जुन अघिल्लो आवको भन्दा ८८ करोड अर्थात ५१.१६ प्रतिशतले बढी हो । बैंकले सो आवमा जम्मा एक अर्ब ७२ करोड रुपैयाँ खुद नाफा गरेको थियो । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४१ करोड रुपैयाँ रहेको छ।

खुद ब्याज आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज रिभर्स भएपछि बैंकको नाफा उल्लेख्य बढ्न पुगेको हो। बैंकले ३८ करोड ७९ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स गरेको छ।  बैंकले एक खर्ब ७८ अबै निक्षेप उठाएर एक खर्ब ४५ अर्ब ऋण लगानी गर्दा खुद ब्याज आम्दानी ६ अर्ब १८ करोड रुपैयाँ गरेको छ ।

१२ अर्ब ७० करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । प्रभु बैंकको प्रति सेयर आम्दानी ५.२९ रुपैयाँले बढेर २०.४६ रुपैयाँ पुगेको छ ।
प्रभु बैंकको स्प्रेड दर ४.३२ प्रतिशत छ । सीडी रेसियो ७८.३० प्रतिशत कायम गराएको छ । बैंकको नेटवर्थ १५६.१६ रुपैयाँ छ भने पीई रेसियो १०.१२ रुपैयाँ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्