Skip to content
Shikhar Insurance
National Life

प्रभु बैंकका ग्राहकले सौभाग्य हस्पिटल धनगढीमा १५ प्रतिशत सम्म छुट पाउने

Hyundai
NCELL
NIMB

कैलाली । प्रभु बैंक लिमिटेड र धनगढी, कैलाली स्थित सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरका बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंकका तर्फबाट धनगढी शाखा प्रमुख नगेन्द्र रत्न कोइराला र सौभाग्य हस्पिटलका तर्फबाट अध्यक्ष दिनेश राज जैसीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

प्रभु बैंक र सौभाग्य हस्पिटल बच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकले सौभाग्य हस्पिटलमा ओ.पि.डी परीक्षण सेवामा १५ प्रतिशत, साथै प्याथोलोजी, एक्स्–रे, यु.एस्.जी, एन्डोस्कोपी, नर्मल बेड, एच्.डी.यु बेड, एसी क्याबिन, सर्जरी, कोलोनोस्कोपी, आइसीयु/एन्आइसीयु सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् भने फार्मेसीमा ५ प्रतिशत छुट पाउनेछन् ।

उक्त सम्झौता अन्तर्गत सौभाग्य हस्पिटलमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्नुपर्ने हुन्छ ।

यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुनेछन् भन्ने विश्वास रहेकाे  बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्