Skip to content
Shikhar Insurance
National Life

प्रभु बैंकका ग्राहकलाई सिन्की भान्छा घर पुतलीसडकमा १० प्रतिशत छुट

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु बैंक लिमिटेड र सिन्की भान्छा घर बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । काठमाडौं पुतलीसडक स्थित सिन्की भान्छा घरमा प्रभु बैंक ग्राहकहरुले छुट पाउने सम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट मार्केटिङ्ग विभागका वरिष्ठ प्रबन्धक शेखर राज बस्ताकोटी र सिन्की भान्छा घरका तर्फबाट प्रबन्ध निर्देशक वेदानन्द पराजुलीले हस्ताक्षर गरे । प्रभु बैंक र उक्त भान्छा घर बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले सिन्की भान्छा घरद्धारा सञ्चालित “बे्रकफास्ट, लन्च एण्ड डीनर” सेवामा १० प्रतिशत छुट प्राप्त हुनेछ ।

सम्झौता अन्तर्गत सिन्की भान्छा घरमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा सिन्की भान्छा घरका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्