Skip to content
Shikhar Insurance
National Life

प्रभु क्यापिटलले लोयल्टी पोइन्टस् र रिफरलको अफर ल्याएको छ

Hyundai
NCELL
NIMB

काठमाडौं । मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले आफ्नो सेवाग्राहीका लागि सेवा सँगै लोयल्टी पोइन्टस् र रिफरलको अफर आज सोमबार सार्वजनिक गरेको छ ।

ग्राहकहरुलाई सेवा छिटो, छरितो तथा सहज तरिकाबाट दिन सक्नुपर्ने उद्देश्य लिएको प्रभु क्यापिटल लिमिटेडले ग्राहकको लागि विशेष लोयल्टी पोइइन्टस् अफर ल्याएको छ । लोयल्टी पोइन्टस् र रिफरलको अफर क्यापिटलले साउन १ गतेदेखि सार्वजनिक गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेवाग्राहीले प्रभु क्यापिटल डिजिटल एप रिफर गरी साथै प्रभु क्यापिटल लिमिटेडका विभिन्न सेवा तथा सुविधा लिई लोयल्टी पोइन्ट्स प्राप्त गर्न सकिने क्यापिटलले जनाएको छ ।

सेवाग्राहीले प्रभु क्यापिटल डिजिटल एपको लिंककपी र सेयर गरी प्रभु क्यापिटल डिजिटल एप रिफर गर्न सकिनेछ भने सेवाग्राहीले पोइन्ट्स आफ्नो डिम्याट तथा मेरो सेयर नवीकरण गर्नका साथै प्रभु क्यापिटलसँग आबद्ध विभिन्न मर्चेन्ट अफरमा उपयोग गर्न सकिने क्यापिटलले जनाएको छ।

प्रभु क्यापिटलले नेपाली पुँजीबजारको क्षेत्रमा सदैव नयाँ नयाँ प्रविधिको विकास गरी नवप्रवर्तनमा जोड दिनेगरेको तथा ग्राहकहरुलाई दिने सेवामा सहजीकरण गर्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE