काठमाडौं । प्रभु इन्स्योरेन्सले ७.०५% लाभांश दिने भएको छ । कम्पनीको पुस २४ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को नाफाबाट कायम चुक्तापुँजीको ६.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश गरी कुल ७.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बीमा प्राधिकरणको स्वीकृति र आगामी साधारणसभाबाट पास भएपछि कम्पनीका सेयरधनीले सो मात्रामा प्रतिफल पाउनेछन् ।
प्रभु इन्स्योरेन्सका लगानीकर्तालाई ७.०५% लाभांश

प्रतिक्रिया दिनुहोस्