Skip to content
Shikhar Insurance
National Life

प्रधानमन्त्री र मन्त्रीहरुले कर्मलाई पहिलो प्राथमिकता दिनुपर्छ : महामन्त्री शर्मा

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री र मन्त्रीहरुले कर्मलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । आइतबार नेपाली काँग्रेसको पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएक हुन् ।

उनले प्रधानमन्त्री र मन्त्रीहरुले भाषणलाई दोस्रो र पहिलो प्राथमिकता कर्मलाई दिनुपर्ने जानकारी गरे । उनले इतिहासमा बोली नभइ कर्म बिक्ने बताए । उनले नेपाली काँग्रेसका तत्कालिन सभापति एवं प्रधानमन्त्री सुशील कोईरालाको बोली अस्पष्ट भएपनि उनको नेतृत्वमा बनेको संविधान सबै नेपालीले बुझेको जिकिर गरे।

उनले अहिलेको सरकारसँग नागरिकलाई धेरै अपेक्षा रहेको भन्दै नागरिकका अपेक्षालाई सम्बोधन गर्न आग्रह गरे । उनले प्रदेशलाई अधिकार दिने विधेयक संसदमा ल्याएर पारित गर्नुपर्ने बताए ।

महामन्त्री शर्माले भ्रष्टचारका सम्बन्धमा रहेका मुद्दाहरुमा निष्पक्ष छानबिन गर्नुपर्ने बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्