Skip to content
Shikhar Insurance
National Life

प्रधानमन्त्री निवास नै खान खोज्ने अभियुक्तहरू पक्राउ पर्न थालेः प्रधानमन्त्री दाहाल

Hyundai
NCELL
NIMB

काठमाडौं । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणको सफल अनुसन्धान सँगै लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण पनि सुरु भएको बताएका छन्। यो शुद्धीकरण अभियान यत्तिमा नरोकिई निरन्तर अगाडि बढ्ने उल्लेख गरे ।

उनले भने, ‘हिजोबाट प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास काण्डका अभियुक्तहरु पक्राउ पर्न थालेका छन् । मिटरब्याजी र सहकारीका ठगहरुमाथि कारबाही सुरु भइसकेको छ । वर्षौंदेखिको बिकृतिको यो डङ्गुर सफाइ गर्ने यो सुशासनको लडाइँमा मलाई सदन र जनताको अझ धेरै समर्थनको आशा गरेको छु ।’

उनले पछिल्ला हरेक वर्षदेखि किसानले समयमा मल नपाउने समस्या रहेको बताउँदै यो वर्ष साढे ७८ हजार मेट्रिक टन रासायनिक मलको आयात सुनिश्चित भएको बताए । यसमा १ लाख ९५ हजार ९ सय मेट्रिक टन रासायनिक मल आयात भई १ लाख ४५ हजार ९ सय मेट्रिक टन मल अनुदानित मूल्यमा बिक्रि पनि भइसकेको दाबी गरे ।

आगामी आर्थिक वर्षमा समयमै मल ल्याउनका लागि ३० अर्ब रुपैयाँ विनियोजन गरिएको जानकारी गराए । यस्तै नेपालमै रायायनिक मल उत्पादन गर्नका लागि लगानी बोर्डले अध्ययन गर्न थालेको बताए । यस्तै मेलम्ची खानेपानी आयोजना मर्मत संभार गरी १२ महिना नै खानेपानी वितरणको व्यवस्था मिलाइएको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्