Skip to content
Shikhar Insurance
National Life

प्रधानमन्त्री कार्यालयमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक सुरु

Hyundai
NCELL
NIMB

काठमाडाैं। प्रमुख प्रतिपक्षीलगायतले गरेको संघीय संसदको अवरोध खुलाउने विषयमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन् ।

गत बुधबारदेखि संघीय संसद्का दुवै सदनको बैठक प्रमुख प्रतिपक्षीलगायतका दलले अवरोध गरेका कारण अगाडि बढ्न सकेको छैन । अवरोधका कारण मिटरब्याज पीडितलाई न्याय दिनका लागि अगाडि बढाइएको विधेयक निष्क्रिय भएको छ । यस्तै, अन्य महत्वपूर्ण विधेयकहरु समेत अगाडि बढ्न सकेको छैन ।

राष्ट्रियसभाको आजको बैठक पनि एमालेको विरोधपछि सोमबार बिहान ११ः०१ बजेसम्मका लागि स्थगित भएको छ । यसअघि आज बिहानै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तागठबन्धनमा आबद्ध दलहरुको बैठकमा समसामयिक विषयमा छलफल भएको थियो । बैठकमा संघीय संसद्को अवरोध हटाउनेलगायतका विषयमा छलफल भएको बताइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्