Skip to content
Shikhar Insurance
National Life

प्रधानमन्त्री ओली भन्छन्–विदेशी ऋणको पासोमा पर्दैनौं

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल विदेशी ऋणको पासोमा नपर्ने स्पष्ट पारेका छन् । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले सम्पादन एवं प्रकाशन गरेका चारवटा पुस्तकको विमोचन गर्दै उनले शिक्षा, स्वास्थ्य, रोजगारी र उत्पादनमूलक क्षेत्रका लागि मात्र विदेशी ऋण र अनुदान स्वीकार गरिने बताए । प्रधानमन्त्री ओलीले भने, “हामी हाम्रा आवश्यकताका र प्राथमिकताका आधारमा सावधानीपूर्वक अनुदान र ऋण लिन्छौँ, ऋणको पासोमा हामी पर्दैनौँ ।”

नेपाल सरकारले राष्ट्र, जनता, सुशासन र विकास केन्द्रित परराष्ट्र नीति अवलम्बन गरेको स्पष्ट गर्दै ओलीले विश्व शान्ति, समृद्धि र विकासलाई नै त्यसले विशेष जोड दिएको बताए ।

मुलुकलाई अल्पविकसितबाट विकासशील राष्ट्रमा स्तरोन्नत हुन संयुक्त राष्ट्रसङ्घले गरेको सिफारिसको सन्दर्भ सुनाउँदै उनले नेपाललाई विकासशील देश बनाउन, कोरोना महामारीबाट देशलाई पार लगाउन तथा दिगो विकासका लक्ष्य हासिल गर्न सम्पूर्ण कूटनीतिक सामथ्र्य परिचालन गरिने दृढता व्यक्त गरे ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्