Skip to content
Shikhar Insurance
National Life

प्रधानमन्त्री एमसीसीका पक्षमा हुनुहुन्छ, अब संसदबाट पास हुन्छः भट्टराई

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा ओली समुह संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी ओली एमसीसीकै पक्षमा रहेको स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लबमा शनिबार आयोजीत कार्यक्रममा उनले प्रधानमन्त्री एमसीसीकै पक्षमा दृढ रहेको बताएका हुन् । ‘प्रधानमन्त्री एमसीसीकै पक्षमा हुनुहुन्छ, केहि नेताहरुले आफुलाई एमसीसी बिरोधी हौं भनेर जनमत भ्रमित पार्ने प्रयास गरे तर पुल्चोकमा एमसीसी बिरोधी नारा लाग्दा चुप लाग्न भने’, नेकपा ओली समुहका केन्द्रिय सदस्य समेत रहेका नेता भट्टराईले भने ।

उनले एमसीसीबारे प्रचण्डको रवैया छेपारोको जस्तै भएको आरोप पनि लगाए । ‘हिजो ओलीका विरुद्ध जनमत बनाउन एमसीसीको बिरोध गर्नु भएका प्रचण्डले आज विचार बदल्नु भएको छ, यस्तो छेपारे प्रवृत्ति नराखेकै राम्रो ।’, नेता भट्टराईले भने ।

उनले प्रचण्ड र देउवाका पालामा एमसीसी अघि बढेको र प्रधानमन्त्री ओलीले त्यसको अविछिन्न उत्तराधिकारीका रुपमा कार्यान्वयन गर्न लागेको स्पष्ट पारे । देउवा र प्रचण्डका पालामा एमसीसी आएको हो, यसलाई ओलीले कार्यान्वयन गर्नु हुन्छ ।’, नेता भट्टराईले भने ।
उनले आगामी संसदले एमसीसी पास गर्ने दावी पनि गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्